+
+

दीपक र निश्चलको जुहारी : कलाकार राजनीतिमा लाग्न हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १२:२८

काठमाडौं । अभिनेता दीपकराज गिरी समसामयिक घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा धारणा राखिरहन्छन् । यतिबेला चुनावको माहोल छ, कतिपय कलाकार दल र उम्मेदवारलाई भोट माग्दै हिंडिरहेको देख्न सकिन्छ ।

यस्तोमा दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका छन् ।

उनी लेख्छन्, ‘कलाकारलाई गहना किन भनेको होला ? सायद सबैले प्रिय र साझा ठानेकोले होला । त्यसैले म कुनै एक समूहको हुन सकिनँ । सबैलाई शुभकामना ।’

कलाकार गहना भएकाले सबैको प्रिय हुने र कुनै दल विशेषमा आबद्ध हुन नहुने दीपकको मत छ । पछिल्लो समय दल र उम्मेदवारको पक्षमा खुलेरै हिंडेका अन्य कलाकारप्रति उनको कटाक्ष देखिन्छ ।

दीपकको यो पोस्टमा थुप्रै टिकाटिप्पणी आएका छन् । ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले पनि दीपकको स्टाटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन् ।

निश्चल लेख्छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला । पेसाभन्दा पहिला देश, कि के हो दाइ ?’ निश्चल यतिबेला केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका छन् ।

निश्चलको कमेन्टमा दीपकको टिप्पणी छ, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर । आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो । हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?