+
+

सलोनको फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १६:४७

काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ । निर्देशक बस्नेत र व्यवसायी पूजा तामाङबीच विश्वव्यापी प्रदर्शन अधिकारसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

तामाङले २० लाख रुपैयाँमा फिल्मको विदेश प्रदर्शन अधिकार खरिद गरेको बस्नेतले जानकारी दिए । अब नेपालमा रिलिज भएपछि लगत्तै यो फिल्म डायस्पोरामा समेत प्रदर्शन हुनेछ ।

केही दिनमै फिल्मको नेपाल प्रदर्शन मिति सार्वजनिक गर्ने तयारी छ । आउँदो साता सलोन बस्नेत र पूजा शर्मा अभिनित फिल्मको गीत सार्वजनिक गर्ने तयारीमा निर्माता छन् । सोही गीतसँगै फिल्मको प्रचार अभियान सुरु हुने जनाइएको छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा रामकाजी घिमिरेको पटकथा छ । फिल्ममा धीरेन शाक्य, जयकिसन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत र एलिना गुरुङको अभिनय छ । एलिनाले यही फिल्मबाट डेब्यु गर्दैछिन् ।

विनोद सापकोटाको छायांकन रहेको फिल्ममा टंक बुढाथोकी र उज्जन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन छ ।

काठमाडौं, लमजुङ, धरान र संखुवासभामा छायांकन गरिएको फिल्मको सहायक निर्देशकमा रामजी राउत र ज्ञानकुमार कटेल छन् । एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् । निर्मातामा मिथुन भोटे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?