+
+

उद्योग वाणिज्य संघ वीरगञ्ज र भियतनाम चेम्बरबीच आपसी सहयोगसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १७:२२

२३ कात्तिक, वीरगञ्ज । सिंगापुर र भियतनामको भ्रमणमा रहेको वीरगञ्ज उद्योग वाणिज्य संघले भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीसँग द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबर्द्धन, आपसी सहयोगका लागि सम्झौता गरेको छ ।

सम्झौतापत्रमा वीरगञ्ज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष सुवोधकुमार गुप्ता र भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीकातर्फबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गरेका हुन् ।

गुप्ता नेतृत्वको उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले भियतनामको चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग भियतनाम चेम्बरकै बैठक कक्षमा विभिन्न विषयमा छलफल गरी सम्झौता गरेको थियो ।

सम्झौता पत्रमा दुवै संस्थाले व्यावसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यावसायिक क्षेत्रको प्रबर्द्धनका लागि सहजीकरण गर्ने उल्लेख छ । दुवै देशको उद्योगी र व्यापारी वर्गलाई छलफलका लागि मान्यताप्राप्त मञ्च उपलब्ध गराउने, दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरुमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकतानुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने बारेमा सम्झौता पत्रमा उल्लेख छ । संघले मंगलबार सिंगापुर उद्योग वाणिज्य संघसँग पनि यस्तैखाले सम्झौता गरेको थियो ।

भियतनाम र सिंगापुरसँग भएको सम्झौताले नेपालको व्यापार वृद्धि र नेपाल र वीरगञ्जमा नयाँ लगानी भित्र्याउन टेवा पुग्ने विश्वास अध्यक्ष गुप्ताले बताए ।

नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृतिपत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्धत मिलेको उनको भनाइ छ । भियतनामी लगानी आउने बाटो सरल बनाउन सकेकोमा आफूहरु उत्साहित भएको उनले बताए ।

भियतनाम र सिंगापुर स्थित चेम्बरका पदाधिकारीहरुलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको र उनीहरुले नेपालमा लगानी गर्ने प्रतिबद्धता जाहेर गरेको अध्यक्ष गुप्नताले जानकारी दिए । यस्ता सम्झौताले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थप्ने वीरगञ्जका व्यवसायीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?