+
+

माल्टामा मृत्यु भएकी ढुंगेलको शव नेपाल पठाइयो, अर्को पठाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १०:४३

२४ कात्तिक, माल्टा । माल्टामा मृत्यु भएकी इलाम सूर्योदयकी विनिता ढुंगेलको शव आज नेपाल पठाइएको छ ।

एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले माल्टामा रहेका नेपालीहरुसँग आर्थिक सहयोग संकलन गरी शव नेपाल पठाइएको जानकारी दिए ।

माल्टा पुगेको भोलिपल्टदेखि नै ढुंगेल बिरामी परेकी थिइन् । अस्पतालमा उपचारको क्रममा उनलाई डेंगु पुष्टी भएको थियो । एनआरएनकै पहलमा उनलाई एक महिनासम्म अस्पतालमा राखेर उपचार गरिएको थियो ।

माल्टा पुगे पनि काम नथाल्दै मृत्यु भएकाले ढुंगेलको शव नेपाल फर्काउन आर्थिक र अन्य कानुनी समस्या परेको थियो । त्यसपछि एनआरएनए अध्यक्ष अर्यालको नेतृत्वमा माल्टामा रहेका नेपालीहरुबाट आर्थिक सहयोग संकलन गरिएको थियो । यस्तै माल्टाको कानुनी व्यवधान समाधानका लागि पनि पहल गरिएको थियो ।

‘एनआरएन माल्टाको सिंगो टिम, माल्टमा रहेका नेपाली र कूटनीतिक पहल मार्फत् शव फिर्ता पठाउन सफल भएका छौं,’ अध्यक्ष अर्यालले भने ।

यसैबीच माल्टामै मृत्यु भएका आकास बुलिमको शव पनि नेपाल फर्काउन पहल भइरहेको अध्यक्ष अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?