+
+

पुष्प र वर्षाको फिल्म ‘मनसँग मन’ माघ २० मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १७:१८

काठमाडौं । सौरभ इन्टरटेनमेन्ट र बलाली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ ।

भारतमा रिलिज भइसकेको फिल्मले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको फिल्मलाई अरुण तामाङले निर्माण गरेका हुन् ।

फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । फिल्म पुष्प खड्का र वर्षा सिवाकोटी प्रमुख भूमिकामा छन् । बुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको पनि अभिनय छ । पल शाह र पूजा शर्माको पनि विशेष भूमिका छ ।

अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन र अर्जुन जीसीको सम्पादन छ । फिल्मलाई लभस्टोरी जनरामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?