+
+

तीन महिनामा थपिए २ लाख १० हजार करदाता

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २५ गते १४:५७

२५ कात्तिक, काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा २ लाख भन्दा बढी करदाता करको दायरामा समेटिएका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर (पीपीएन) लिनेको संख्या अधिक छ ।

अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमास (साउन–असोज)मा स्थानीय लेखा नम्बर प्राप्त गर्ने करदाता १ लाख ९८ हजार ८७ रहेका छन् । यसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या १ लाख ४८ हजार ७७३ जना छन् । यस अवधिमा ४६ हजार १ वटा व्यवसायीक स्थायी लेखा नम्बर जारी भएका छन् । अग्रिम कर कट्टी प्रयोजनका लागि ३ हजार ३१३ प्यान नम्बर जारी भएको छ । तीन महिनाको अवधिमा मूल्य अभिवृद्धि करमा ७ हजार २०७ अन्तःशूल्कमा ४ हजार ७१८ नयाँ करदाता थपिएका छन् ।

प्यान नम्बर लिने करदाता ५० लाख नाघ्यो

मन्त्रालयको तथयांक अनुसार प्यान नम्बर लिने करदाताको संख्या अब ५० लाख भन्दा माथि पुगेको छ । जसमा व्यक्तिगत स्थायी लेखा नम्बर दियस अनुसार अब देशभर प्यानमा दर्ता हुने करदाताको संख्या ३१ लाख ९९ हजार ७७ जना पुगेको छ ।

व्यfवसायिक लेखा नम्बर भने १८ लाख ८ हजार ४१४ वटा जारी भएको छ । अग्रिम कर कट्टीको प्रयोजनका लागि २१ हजार ४०७ वटा प्यान दर्ता भएको अर्थ मन्त्रालयको तथ्यांक छ । देशभर मूलय अभिवृद्धि करमा २ लाख ९८ हजार ८३८ र अन्तःशूल्कमा १ लाख १६ हजार ९४ प्यान दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?