+
+

ब्रेन्टफोर्डसामु सिटी स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २६ गते २०:३९

२६ कात्तिक, काठमाडौं । इन्जुरी टाइममा गोल गर्दै ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटीलाई स्तब्ध बनाएको छ ।

शनिबार भएको खेलमा आइभन टोनीको दुई गोलको मदतमा ब्रेन्टफोर्डले सिटीलाई २–१ ले हराएको हो । यो हारसँगै सिटीले अंक तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

सिटीको घरेलु मैदान, इत्तेहाद स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डले १६औं मिनेटमा टोनीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइममा फिल फोडनले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।

दोस्रो हाफको सुरुदेखि नै सिटीले खेलमा अग्रता लिने प्रयास गरेको थियो, तर ब्रेन्टफोर्डको डिफेन्सका अगाडि केही लागेन । बरु इन्जुरी टाइमको अन्तिमतिर काउन्टरमा गोल खायो । डा सिल्भाको पासमा टोनीले गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

जितपछि ब्रेन्टफोर्ड १५ खेलबाट १९ अंकका साथ दशौं स्थानमा छ भने लिगको दोस्रो स्थानमा रहेको सिटीको ३२ अंक छ । लिग लिडर आर्सनलको ३४ अंक छ र एक खेल कम खेलेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?