+
+

६४ लागे हरिवंश, नयाँ पुस्तामा पनि लोभलाग्दो क्रेज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १२:३२

काठमाडौं । हरिवंश आचार्य आइतबार ६४ वर्ष टेकेका छन् । जीवनको यो बिन्दूसम्म आइपुग्दा पनि ‘स्टारडम’मा कमी आएको छैन । हलमा चलिरहेको फिल्म ‘महापुरुष’ले यसलाई प्रमाणित गर्छ ।

‘महापुरुष’मा हरिवंश पिता बनेका छन् र फिल्मका प्रमुख कलाकार पनि । उनको अभिनयको त प्रशंसा हुने नै भयो, बक्स अफिसमा फिल्मको प्रस्तुतिले पनि हरिवंशको स्टारडम अहिले पनि उत्तिकै लोभलाग्दो छ भन्ने पुष्टि गर्छ ।

महापुरुषको प्रदर्शनले तीनवटा स्पष्ट सन्देश दिएको छ । पहिलो- हरिवंशको लोकप्रियतामा कमी आएको छैन । दोस्रो- उनी बक्स अफिसका अब्बल खेलाडी पनि हुन् । तेस्रो- अघिल्लो र अहिलेको पुस्तालाई जोड्ने जादू उनमा छ ।

पुरानो र नयाँ दुवै पुस्तामाझ हरिवंशको क्रेज अहिले पनि लोभलाग्दो छ । यस्तो क्रेज कमै सेलिब्रिटीलाई प्राप्त हुन्छ । यो बहुआयामिक स्टारडमको प्रभाव महापुरुषको बक्स अफिसमा स्पष्ट देखियो ।

आचार्यको करिअर चाहिं रेडियो नेपालदेखि सुरु भयो । २०३१ सालमा रेडियो नेपालबाट जागिर थालेका उनले हरिप्रसाद रिमाल र जितेन्द्र महत अभिलाषीसँग सहकार्य गरे । २०३२ सालमा उनले राष्ट्रिय नाचघर ज्वाइन गरे ।

अभिनेता मदनकृष्ण श्रेष्ठसँग महजोडी नाममा उनको व्यावसायिक सहयात्रा उदाहरणीय मानिन्छ । श्रेष्ठसँग मिलेर हरिवंशले गाईजात्रा कार्यक्रम, सिरियल र फिल्ममा सहकार्य गरेका छन् ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य

हरिवंश अभिनित फिल्महरु लोभीपापी, फिलिम, राजामती, शिलु, बलिदान, जे भो राम्रै भो, तँ त साह्रै बिग्रिस् नि बद्री हिट छन् । उनी अभिनित फिल्म बलिदानलाई नेपाली फिल्म इतिहासमै अब्बल मानिन्छ । हालै अनलाइनखबरसँग कुरा गर्दै हरिवंशले बलिदान र महापुरुष आफ्ना गम्भीर फिल्महरु भएको बताएका थिए ।

लालपुर्जा, पन्ध्र गते, भकुण्डे भूत, मदनबहादुर हरिबहादुर, ५०-५०, दशैंको च्यांग्रा सिरियल अहिले पनि उत्तिकै रुचाइन्छन् । हरिवंश स्वयंले लेखेको फिल्म ‘शत्रु गते’ २०७४ सालमा रिलिज भएको थियो ।

हरिवंश अब महसञ्चारले निर्माण गर्न लागेका केही सिरियल र सामाजिक कार्यक्रममा सक्रिय हुँदैछन् । तर फिल्म चाहिं साइन गरेका छैनन् ।

लोकप्रिय अभिनेता हरिवंश आचार्यलाई जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?