+
+

‘भ्वाइस अफ नेपाल’ नकआउट राउण्ड : टीम राजुबाट को-को प्रवेश गरे लाइभ शोमा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १३:१२

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा नकआउट राउण्ड निकै रोचक देखिएको छ । टीम प्रमोदको नकआउट एपिसोडसँगै सुरु भएको श्रृंखलामा शनिबार बेलुका टीम राजुका ट्यालेन्टले प्रतिस्पर्धा गरे ।

टीम राजुबाट पनि तीन जना छानिएका छन् र उनीहरु लाइभ शोमा प्रवेश गरेका छन् । करण राई, रिवाश गुरुङ र रिहान गिरी टीम राजुबाट आगामी चरणमा प्रवेश गरेका हुन् । भुटानबाट आएका प्रतिस्पर्धी रिहानले दार्जिलिङ र आसामका दुई भारतीय प्रतिस्पर्धीलाई हराए ।

अर्को साता टीम प्रविशा र राजेशपायलका प्रतिस्पर्धीबीच नकआउट राउण्ड हुनेछ । लाइभ शोमा नकआउटबाट छानिएका १२ जनाबीच प्रतिस्पर्धा हुनेछ । लाइभ राउण्डमा दर्शकको भोटको आधारमा निर्णय हुनेछ । दर्शकको भोट हुने भएकाले यो राउण्ड झनै रोचक हुने अपेक्षा गरिएको छ ।

द भ्वाइस अफ नेपाल हिमालय टीभीबाट प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?