+
+

यातायात प्राधिकरण गठनपछि सवारी दुर्घटना कम हुन्छ : बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १६:२०
फाइल तस्वीर

२७ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन् ।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सो सम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले यसले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका हुन् ।

सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङ्ग्रे सवारी साधनको चाप बढेको उल्लेख गर्दै उनले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानु पर्नेमा जोड दिए ।

‘काठमाडौं महानगरमा साना सवारी धेरै छन् । सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपुर्‍याएका कारण पनि मोटरसाइकल र साना सवारीहरुको संख्या बढेको हो । रिङ रोडमा मात्रै हिसाब गर्दाखेरी अहिलेको जस्तो बसको साइज २ सय जति भए पुग्नेमा २ हजार भन्दा बढी बसहरु गुडेका हुन्छन’ आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने । प्राधिकरण गठन भएपछि प्रतिस्पर्धारहित सार्वजनिक सवारी हुनेहुँदा चक्रपथमा २ सय वटा गाडी भए पुग्ने उनको भनाइ थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?