+
+

सञ्चारमन्त्री कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १७:४६
जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेल ।

२७ कात्तिक, सुनसरी । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबिरुद्ध निर्वाचन आचार संहिता उल्लंघनको उजुरी परेको छ ।

गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मूख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ ले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

जसपा नेतासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले सुनसरी क्षेत्र नं. ४ निर्वाचन परिचालन कमिटीका संयोजक सरोज पोखरेलले मन्त्री कार्कीविरुद्ध आचारसंहिताउल्लंघनको उजुरी दर्ता गराएका हुन् ।

सञ्चारमन्त्री कार्कीलाई प्रहरी प्रशानको दुरुपयोग गरेको, चुनावी प्रचारमा धेरै सवारी साधन प्रयोग गरिएको लगायतका आरोप लगाइएको छ । पोखरेलले मन्त्री कार्कीले जनप्रतिनिधिहरुलाई चुनावी प्रचारप्रसारमा समेटेको र सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय मातहतका कर्मचारीहरु समेतलाई चुनावी प्रचारप्रसारमा सामेल गराएकोले उजुरी दिनुपरेको बताउनु भयो ।

‘उहाँले ठाडो आचारसंहिताउल्लंघन गर्नुभएको छ । सरकारको प्रवक्ताले आचारसंहीताको ठाडो उल्लंघन गर्ने अवस्था जुन सिर्जना भएको छ, यो एकदमै लज्जास्पद छ । उहाँले आचारसंहितापालना नगर्ने हो भने अरुले के गर्ने ? अरु नागरिकले पालना गर्ने कि नगर्ने आचारसंहिता ? उहाँले प्रशासनको दुरुपयोग गर्नुभएको छ ।’ उनले भने,  ‘प्रहरी प्रशासन सबै मुकदर्शक भएका छन् । सार्वजनिक बाटोहरु रोकेर मञ्च बनाइएको छ । सभा आयोजना गरिएको छ । ३०/४० वटा लावालस्कर गाडीहरु सरकारी गाडीसहित लावालस्कर लगाएर निर्वाचन आचारसंहीताको धज्जी उडाउने काम भएको छ । जनप्रतिनिधिहरु खुलेआम भोट मागेर हिँडिरहेका छन् । कर्मचारीहरु नेपाली काँग्रेसलाई भोट मागिरहेका छन् ।’

मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले प्रतिनिधि सभा सदस्य उम्मेदवार कार्की र स्थानीय निकायका प्रमुखहरुले आचारसंहिताउल्लंघन गरेको उजुरी आफूले प्राप्त गरेको बताए।

उनले भने, ‘उजुरीको विस्तृत रुपमा अध्ययन गर्न र अनुसन्धान गर्न बाँकी नै छ । स्थानीय निकायका प्रमुखहरु र उम्मेदवारले आचारसंहिताउल्लंघन गरेको उजुरी छ । अध्ययन गरेर के गर्नुपर्ने ? कुन ढंगले जाने भन्ने गर्छौ ।’

उनले उजुरीको विस्तृत रुपमा अध्ययन गर्न बाँकी रहेको भन्दै अध्ययनपछि आवश्यक प्रक्रिया अगाडी बढाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?