+
+

रामकृष्ण भण्डारीको पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १४:०२

काठमाडौं । २०४८ सालपछिका २८ सरकारबारेको पुस्तक ‘सत्ता संघर्ष : ३० वर्षमा २८ सरकारका नालीबेली’ सार्वजनिक भएको छ । पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तकलाई सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।

२०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती शासन ढालेर प्रजातन्त्र पुनर्स्थापना भएपछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आए पनि दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन बन्न पुगेको विषय प्रस्तुत गरिएको छ ।

२०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा बनेका २८ सरकारका प्रधानमन्त्री लगायत प्रमुख राजनीतिज्ञहरुका विभिन्न घटनाक्रम समेटेका छन् । पुस्तकले प्रजातन्त्र पुनर्बहालीका लागि ज्यानको बाजी लगाएका दल र तिनका नेतृत्व नै अन्ततः कसरी सत्तामा पुग्न र टिक्न मात्र लागिपरे भन्ने विषय उठान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?