+
+

तेह्रथुमको प्रदेशसभामा नयाँ अनुहारबीच प्रतिस्पर्धा

प्रकाश पाक्साँवा प्रकाश पाक्साँवा
२०७९ कात्तिक २८ गते १७:२९

२८ कात्तिक, तेह्रथुम । तेह्रथुमको प्रदेश सभा १ का सबै ९ जना उम्मेदवार नयाँ अनुहार हुन् । यी ९ मध्ये सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सन्तोष सुब्बा र नेकपा एमालेका किशोरचन्द्र दुलालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यो क्षेत्रमा एमालेका लछुमन तिवारीले नेपाली कांग्रेसका गोविन्दप्रसाद ढुंगानालाई हराएका थिए ।

प्रदेश सरकारका पूर्व मन्त्रीसमेत रहेका तिवारीले दाबी गरे पनि यसपालि टिकट पाएनन् । एमालेले उनको विकल्पमा दुलाललाई अघि सारेको छ ।

गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले यसपालि नेपाली कांग्रेसलाई साथ दिएको छ ।

कांग्रेस उम्मेदवार दुलालले शिक्षामा सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । गुणस्तरीय शिक्षा र युवा रोजगारीलाई आफूले महत्व दिएको दुलालले बताए ।

सुब्बालाई समर्थन गर्दै जनता समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार सूर्य मादेनले उम्मेदवारी निष्क्रिय पारेका छन् । समृद्ध तेह्रथुमको विकास गर्न आफू चुनावी मैदानमा आएको सुब्बाले बताए । ‘तेह्रथुमको विकासको निम्ति हामी रणनीतिक, योजना र मनोवैज्ञानिक रुपमा पनी तयार छौं’, सुब्बाले भने, ‘हाम्रो उर्जाशील समय तेह्रथुमको विकास गर्न साथ दिनुस् । तपाईंहरुले दिएको साथलाई हामी धोका दिने छैनौं ।’

एमालेको नेतृत्वमा भएका विकास निर्माणका योजनालाई फेरि पनि निरन्तरता दिने उनको प्रतिबद्धता छ ।

यो प्रदेश सभामा रहेका दुई नगरपालिका र एक मात्रै गाउँपालिकामध्ये कांग्रेसले नगरपालिकाको प्रमुख पद जितेको छ ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले छथर गाउँपालिका प्रमुखमा ३९ सय १५ लालीगुराँस नगरपालिकामा ३३ सय ४४ र म्याङलुङ नगरपालिकामा ५१ सय १७ मत पाएको थियो ।

गठबन्धनले छथर गाउँपालिकामा ३३ सय ६, लालीगुराँस नगरपालिकामा ५१ सय ३९ र म्याङलुङ नगरपालिकामा ४४ सय ७८ मत पाएको थियो । छथर र म्याङ्लुङमा गठबन्धन गरे पनि लालीगुराँस नगरपालिकामा माओवादी केन्द्र गठबन्धन नगरी चुनाव लड्दा १५८ मत प्राप्त गरेको थियो ।

स्थानीय निर्वाचनमा पाएको मत परिणाम हेर्दा एमालेसँग १२ हजार ३ सय ७६ मत भने गठबन्धन सँग १३ हजार ८१ मत रहेको छ । एक नगरपालिका र एक गाउँपालिका जितेको एमाले ७ सय ५ मतले यस क्षेत्रमा कमी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?