+
+

विदेशी लगानी भित्र्याउने न्यूनतम सीमा २ करोड

इन्भेष्टमेन्ट कम्पनीमार्फत लगानी गर्ने एनआरएनलाई सीमा नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते २०:०५

२८ कात्तिक, काठमाडौं । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ ।

गत २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । जुन निर्णय सोमबार राजपत्रमा प्रकाशित भएको हो ।

अब नेपालमा प्रत्यक्ष विदेशी लगानी ल्याउन चाहनेले न्यूनतम २ करोड रुपैयाँदेखि माथि लगानी भित्र्याउन पाउने छन् । यसअघि यस्तो न्यूनतम सीमा ५ करोड रुपैयाँ थियो ।

राजत्रपत्रअनुसार इनभेष्टमेन्ट कम्पनीमार्फत लगानी नेपालमा विदेशी लगानी भित्र्याउन चाहने गैरआवासिय नेपाली (एनआरएन)का हकमा भने यस्तो सीमा नलाग्ने व्यवस्था गरिएको छ ।

१५ जेठ २०७६ देखि सरकारले प्रत्यक्ष विदेशी लगानीको सीमा बढाएर ५ करोड पुर्‍याएको थियो । साना विदेशी लगानीलाई आर्कषित गर्न लगानीको न्यूनतम सीमा घटाउने निर्णय गरिएको सरकारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?