+
+

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाको सेवामा छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २८ गते १९:४९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले रेष्टुरेन्ट, आयुर्वेद, श्रृंगार, स्वास्थ्य लगायत क्षेत्रमा विभिन्न छूट सुविधा पाउने भएका छन् । बैंकले काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थासँग यसबारे सम्झौता गरेको हो । सबल बैंक, सफल सहकार्य नामक नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले यस्तो सम्झौता गरेको बताएको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ‘द हिमालयन ग्रिल बाई बाजेको’का सम्पूर्ण सेवामा १५ प्रतिशत छुट पाउने छ ।

कुन्दलिनी आयुर्वेदाका ग्राहकले अधिकतम २० प्रतिशत छुट पाउने समेत कमपनीले जनाएको छ । सुबाकी ब्युटी सैलुनमा १० प्रतिशत, क्रिस्टल डाइग्नोस्टिकको सेवामा अधिकतम २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । यस्तो सेवा बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक लाभान्वित हुने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?