+
+

बिहेको सिजन नजिकिएसँगै उकालो लाग्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १२:१८

२९ कात्तिक, काठमाडौं । बिहेको सिजन (मंसिर महिना) नजिकिएसँगै सुनको मूल्य पनि उकालो लाग्न सुरु भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार कात्तिक महिनाको २९ दिनमा सु्नको मूल्य ५ हजार ७ सय रुपैयाँले बढेको छ । मंगलबार मात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ पुगेको छ ।

कात्तिकमा सुनको मूल्यको न्यूनतम खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँसम्म झरेको थियो । महासंघका अनुसार मंगलबारको खरिद बिक्री मूल्य यो महिनाकै उच्च बिन्दु हो ।

यस्तै मंगलबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३२५ रुपैयाँ कायम भएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार २ सय, तेजावी सुनको मूल्य ९६ हजार ७ सय र चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?