+
+

एमाले उम्मेदवारसँग घरदैलोमा हिंडिरहेकी करिश्माले रेखालाई ‘योद्धा’ भन्दै मागिन् भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १३:१७

काठमाडौं । यतिबेला चुनावी सरगर्मी उत्कर्षमा छ । कलाकार समेत कलाकारिताबाट विश्राम लिएर यतिबेला चुनावी मैदानमा छन् । आफूलाई मनपर्ने दल र उम्मेदवारको पक्षमा कलाकारले खुलेरै भोट मागिरहेका छन् । तर कतिपय कलाकार भने राजनीतिमा लाग्न नहुने भन्दै मौनप्रायः छन् ।

मोरङ-३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् ।

करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु ।’

करिश्मा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल, नवराज सिलवाललगायतको घरदैलो कार्यक्रममा पनि हिंडिरहेकी छन् ।

रेखासहित अन्य कलाकार पनि यतिबेला चुनावी मैदानमा छन् । केही कलाकार प्रत्यक्ष उम्मेदवार छन् भने केही चाहिं समानुपातिक सूचीमा । समानुपातिक सूचीमा भएका कलाकार उम्मेदवार पनि भोट माग्दै हिंडिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?