+
+

जीवन बीमा मुद्दती खाता लोकप्रिय बन्दै गएको छ : कुमारी बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १४:००

काठमाडौं । ‘जीवन बीमा मुद्दती खाता’ निक्षेपको अवधि बराबर प्राप्त गरेको जीवन बीमा कभरेजका कारण ग्राहकमाझ लोकप्रिय बन्दै गएको कुमारी बैंकले दावी गरेको छ । बैंकको उक्त मुद्दती योजनामा निक्षेपकर्तालाई उत्साहित बनाएको बैंकले जनाएको छ ।

मुद्दती परिपक्व हुने समयमा मुद्दती रकमको २ देखि १० गुणासम्म प्रतिफल प्राप्त हुने भएकाले अन्य बीमाको तुलनामा यसमा अत्यन्तै अधिक प्रतिफल पाउन सकिने बैंकले जनाएको छ ।

कुमारी बैंकमा मुद्दती निक्षेप खाता खोल्न पाउँदा आफू निकै उत्साहित भएको झापाका ४१ वर्षका केशव उपाध्यायले प्रतिक्रिया दिएको बैंकका एक अधिकारीले बताए ।

बैंकले अवाधिक जीवन बीमा पोलिसीको लागि आफैं समन्वय गर्ने र आवाधिक इन्स्योरेन्स पोलिसीको लागत समेत बैंकले नै तिर्ने भएकोले निक्षेपकर्ताले न्यूनतम लागतमा आवाधिक जीवन बीमा पोलिसी प्राप्त गर्ने बैंकले उल्लेख गरेको छ ।

बैंकको जीवन बीमा मुद्दती खाताको बारेमा बुझ्न र खाता खोल्न कैयौं ग्राहक बैंकका शाखाहरुमा आउने गरेको बैंक्ले जनाएको छ ।

वित्तीय क्षेत्रमा हाल रहेको उच्च ब्याज दर तथा बैंकहरुले ल्याउदै गरेका नयाँ योजनाले निक्षेपकर्ताहरुलाई निक्षेपका बैंकले गैर—परम्परागत विकल्प प्रस्तुत गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?