+
+

बागीलाई मत मागेपछि माओवादीका प्रदेश उपाध्यक्ष पदमुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १४:०९

२९ कात्तिक, रोल्पा । सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।

रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा उम्मेदवार रहेका कांग्रेस नेता अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ ।

रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो । तर कांग्रेसको भागमा परेको प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीका पोलिट्ब्यूरो सदस्य दीपेन्द्रले उम्मेदवारी दिएका छन् ।

गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उनलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?