+
+

मत बहिस्कार गर्ने मिटर ब्याज पीडितको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १४:३१

२९ कात्तिक, काठमाडौं । नवलपरासी पश्चिमका मिटर ब्याज पीडितले मतदान बहिस्कार चेतावनी दिएका छन् । नवलपरासीको बर्दघाट, सुनवल, प्रतापपुर र सुस्ता क्षेत्रका मिटर ब्याजपीडितले मतदान बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

उम्मेदवारले आफ्नो समस्या समाधान गर्न पहल नगरेको भन्दै यो क्षेत्रका मिटर ब्याज पीडितले मतदान बहिस्कार गर्ने बताएका हुन् ।

यो क्षेत्रमा करिब ५ सय परिवार मिटर ब्याज पीडित छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समीतिका अध्यक्ष अवधेश कुशवाहका अनुसार यो क्षेत्रमा मिटर ब्याज पीडित परिवारका ४७ सय जति मतदाता छन् । उनी भन्छन्, ‘उम्मेदवारलाई हाम्रो समस्याको मतलबै छैन । त्यसैले हामी पनि भोट दिन्नौं ।’

संघर्ष समितिले मिटर ब्याज पीडितलाई मतदान नगर्न आह्वान गर्दै र्‍याली निकालिरहेको छ । कतिपय पीडितले आफ्नो घरमा मत बहिस्कार लेखेको झण्डा समेत राखेका छन् ।

दुई निर्वाचन क्षेत्र भएको यो जिल्लाको क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसबाट विनोद चौधरी र नेकपा एमालेको समर्थनमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र एमालेका दीपेन्द्रकुमार अधिकारी उम्मेदवार छन् ।

यसअघि मिटरब्याज पीडित किसानले आफ्नो घरखेत जोगाउन माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका थिए । सरकारले गत असारमा मात्र पीडितसंग सम्झौता गरेर न्याय दिलाउने वाचा गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा ६८ जनाले मिटर ब्याज पीडितले साहुकारविरुद्ध उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?