+
+

पुकार बमलाई शुभकामना दिंदै राजेश हमालले भने- युवाको जोश र विज्ञतालाई सदनमा पुर्‍याउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते १५:०२

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् ।

यस्तोमा समाज र राजनीतिमा विशेष चासो राखे पनि अभिनेता राजेश हमाल भने कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा खुलेको देखिएको छैन । तर उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुकार बमलाई शुभकामना दिएका छन् ।

बमसँगको निर्वाचन विशेष छलफलमा हमालले परिवर्तनको हिस्सा बन्न एकमत हुन सुझाव दिए । खराब राजनीतिक संस्कारले समाजलाई पिरोलेको र यसबाट मुलुकलाई मुक्त गर्न सक्षम र अनुभवी नेतृत्वलाई सदनलाई पु¥याउन आवश्यक रहेको अभिनेता हमालले बताए ।

युवापुस्ताको जोस र विज्ञतालाई संसदमा पु¥याउन सकेमा देशले विकृति र विसंगतिका कुराबाट निकास पाउने उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?