+
+

रक्सी खाएर झगडा गरेको आरोपमा मतदान अधिकृत बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १८:३४

१ मंसिर, नवलपरासी । नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन् ।

नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन सामग्री बुझ्नेक्रममा मादक पदार्थ सेवन गरेका उनले मुख्य निर्वाचन अधिकृतसँग अस्वभाविक व्यवहार देखाएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

५६ वर्षिय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन् ।

बर्खास्त परेका मतदान अधिकृत चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रकृया अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?