+
+

डोटीमा मतदानस्थल जाँदै गरेको जीप दुर्घटना, मतदान अधिकृत घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १९:०४

१ मंसिर, डोटी । मंसिर ४ गते हुने निर्वाचनका लागि निर्वाचन सामग्री र कर्मचारी बोकेको जीप दुर्घटना भएको छ ।

डोटीको बडीकेदार गाउँपालिका-५ मार्कोट स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा खटिएका कर्मचारी र सामग्री बोकेको बा २ झ २२३५ नं. को जीप अत्तरकाडाँ भन्ने ठाउँ नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

डीएसपी भट्टका अनुसार मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत दिनेश सिंह रैखोला घाइते भएका छन् । रैखोला खुटिया बिपिनगर दिपायल सडक आयोजना कार्यालय विपिनगरका ईन्जिनियर हुन् ।

भट्टले तीनवटा मतपेटिका समेत चर्केको जानकारी दिए । प्रहरी नायव उपरीक्षक भट्टले भने, ‘चोट धेरै छैन, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई पनि सामान्य चोट लागेको छ, उहाँहरु अर्को गाडी लिएर मतदान केन्द्रमा पुगिसक्नु भएको छ ।’

मतदान अधिकृत रैखोलाले आफ्नो कम्मरमा चोट लागेका कारण मतदान गराउन नसक्ने भनेकाले उनको ठाउँमा अर्को व्यक्ति पठाउने तयारी भएको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलवहाहदुर मलासीले जानकारी दिए ।

उनले रैखोलाको ठाउँमा जगेडामा रहेका लोकवहादुर साहुँलाई मतदान अधिकृत बनाएर खटाइएको वताए । मलासीले भने, ‘चर्केको मतपेटिकाको सट्टा नयाँ मतपेटिका पठाउने काम भएको छ, ति मतपेटिकाहरु फिर्ता ल्याइनेछ ।’

मार्कोट स्वास्थ्य चौकीमा (क) र (ख) गरि दुई मतदान केन्द्र रहेका छन् । (क) केन्द्रमा पाँच सय ६० र (ख) केन्द्रमा पाँच सय ९२ मतदाता रहेका छन् । (ख) केन्द्रको मतदान अधिकृतमा स्वास्थ्य निर्देशनालय डोटीका जनस्वास्थ्य अधिकृत उत्तमराज उपाध्याय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?