+
+

नयाँ फिल्ममा सहकार्य गर्दै निश्चल, खगेन्द्र र यज्ञश

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १४:२९

काठमाडौं । आगामी एक बेनामे फिल्मको लागि निर्देशक निश्चल बस्नेत, अभिनेता खगेन्द्र लामिछाने र लेखक यज्ञशबीच सहकार्य हुने भएको छ । फिल्मको स्क्रिप्ट लेखन यसै साता सकिएको यज्ञशले जानकारी दिए । पाँच वर्षअघि रिलिज भएको ‘लुट २’पछि यो नयाँ प्रोजेक्टमार्फत निश्चल निर्देशनमा ‘कमब्याक’ गर्दैछन् ।

‘हामी प्रारम्भिक चरणमा छौं र अहिलेलाई स्क्रिप्ट लेखन मात्र सकिएको छ,’ यशज्ञ र खगेन्द्रले अनलाइनखबरसँग भने, ‘फिल्मको स्पष्ट मोडालिटी चुनावपछि निश्चित हुनेछ ।’

आगामी फागुनबाट फिल्मको छायांकन गर्ने योजना रहेको खगेन्द्रले बताए । फिल्ममा खगेन्द्रको समेत प्रमुख भूमिका हुनेछ । कास्टिङबारे उनले भने, ‘कास्टिङ दोस्रो चरण हो । हामी अहिले आधारभूत फेजमै छौं ।’ खगेन्द्रका अनुसार फिल्म निर्माणमा कसरी सहकार्य गर्ने भन्नेबारे अझै टुंगो लागेको छैन । उनले फिल्मको जनराबारे पनि खुलाएनन् । यद्यपि, फिल्मलाई ‘लार्जर’ स्केलमै बनाउने उनीहरुको योजना छ ।

केही समयअघिको एक अन्तर्वार्तामा निर्देशक निश्चल बस्नेतले आफूलाई चित्त बुझ्ने स्क्रिप्ट नभएकाले निर्देशनमा फर्किन समय लागेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?