+
+

आइफोनको सबैभन्दा ठूलो कारखानामा कोरोना कहर, चीनले काममा बोलायो पूर्व सैनिकलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २ गते १४:४०

२ मंसिर, काठमाडौं । कोरोना महामारीको प्रकोपबाट बँच्नका लागि चीनले अहिले देशका विभिन्न क्षेत्रहरुमा कडा लकडाउन गरिरहेको छ । यसले मुलुकको आर्थिक गतिविधि नराम्रोसँग प्रभावित भैरहेको छ । यसरी प्रभावित हुने आइफोनको उत्पादन पनि परेको छ ।

चीनको झेंगझोउमा आइफोन उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो कारखाना छ । विश्व बजारमा पुग्ने ७० प्रतिशत आइफोन यहीँ कारखानामा बन्दछन् । तर कोरोना लकडाउनका कारण फक्सकन कम्पनीको उक्त कारखानाको कामकाज गम्भीर रुपमा प्रभावित भएको छ । जसका कारण चीन सरकारले एउटा महत्वपूर्ण कदम उठाएको छ ।

चीनले सो आइफोन कारखानामा काम गर्नका लागि पूर्व सैनिकहरुलाई बोलाएको छ । आइफोन कारखानामा उत्पादन बढाउनका लागि चीनको पिपुल्स लिबरेसन आर्मीको भेटेरान अफेयर्स ब्युरोले अवकाश प्राप्त गरिसकेका पूर्व सैनिकहरुलाई कारखानामा काम गरेर सहयोग गर्न आव्हान गरेको हो ।

बीबीसीको एक रिपोर्ट अनुसार ब्यूरोले मेसेजिङ एक विच्याटमा एक खुल्ला पत्र पोष्ट गरेको छ । त्यसमा पूर्व सैनिकहरु सदैव कम्युनिष्ट पार्टीकै कमानमा रहँदै आएको उल्लेख गर्दै अहिले मुलुकलाई पूर्व सैनिकहरुको पुनः एकपटक आवश्यकता परेको बताइएको छ संकटको यस घडीमा पूर्व सैनिकहरुले देशको मद्दत गर्नुपर्ने पत्रमा लेखिएको छ ।

एप्पलका लागि ठेक्कामा आइफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनका विभिन्न कारखानाहरु चीनमा अवस्थित छन् । एक करोड जनसंख्या भएको झेंगझोउस्थित आइफोन कारखानामा २० हजार भन्दा धेरै कामदार छन् जहाँ दैनिक ५० हजार भन्दा धेरै आइफोन उत्पादन हुन्छन् । यो संख्या पूरै विश्वमा उत्पादन हुने आइफोनको ७० प्रतिशत हो ।

चीनमा यो वर्षको सुरुवातमा आएको कोरोनाको नयाँ लहरका कारण फक्सकनका केही कारखाना बन्द गरिएको थियो । ती कारखानाहरुमा अहिलेसम्म पनि कामकाज सुचारु भएको छैन ।

उत्पादन बढाउनका लागि झेंगझोउस्थित उक्त कारखानालाई यो वर्षको सुरुवातदेखि नै कोभिड बबलमा राखिएको थियो । जस अन्तरगत कम्पनीका कुनै कामदारलाई कोरोना भएमा कारखाना भित्रै रहेको क्वारेन्टाइनमा पठाउने गरिन्छ । तर उक्त प्रावधान पछि पनि कोरोनाको प्रकोप रोकिएको छैन । अक्टोबरमा काराखानाका केही कामदारमा कोरोना संक्रमण देखिएपछि उक्त स्थानमा लकडाउन गरिएको थियो ।

अहिले उक्त काराखानाका कतिजना कामदार कोरोना संक्रमित छन् भन्ने किन छैन । हालै सार्वजनिक एक भिडियोमा उक्त आइफोन कारखानाका केही मजदुरहरु भागदौड गर्दै कारखानाको पर्खाल नाघेर भागिरहेको पनि देखिएको थियो । कतिपय कामदारहरु सडकमा पैदलै हिँिडरहेका थिए । यसले कारखानाको कामकाज प्रभावित भएको छ र हाल कारखानामा केवल दुई तिहाइ मात्र उत्पादन भैरहेको छ ।

चीनको सरकारी मिडिया ग्लोबल टाइम्सका अनुसार हाल कारखानामा १० हजार अतिरिक्त कामदारको आवश्यकता छ । फक्सकनले स्थानीय सरकारलाई त्यहाँका हरेक गाउँबाट कम्तिमा एकजना मानिसलाई आफ्नो कारखानामा काम गर्नका लागि पठाइदिन अनुरोध गरेको छ ।

स्मरण रहोस् झेंगझोउमा फक्सकनको उक्त कारखाना सबैभन्दा ठूलो रोजगारदाता पनि हो । सन् २०२२ को सेप्टेम्बर सम्ममा कम्पनीले झेंगझोउबाट २ खर्ब ६१ अर्ब युआन भन्दा धेरैका प्रडक्ट निर्यात गरेको थियो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?