+
+

सुनसरीको बर्जु मतदान केन्द्र नजिकै विस्फोट, बालिका घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १२:२०

४ मंसिर, विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ स्थित मतदान केन्द्रमा विस्फोट भएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रको गेट नजिकै विस्फोट भएको हो ।

विस्फोटपछि मतदाताबीच भागदौड मच्चिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार शंकास्पद वस्तु पड्किंदा एक बालिका सामान्य घाइते भएकी छन् ।

उनका अनुसार मतदान केन्द्र नजिकै पड्किएको वस्तु पटका हो ।पटका पड्किए पनि सामान्यरुपमा मतदान जारी रहेको उनले बताए ।

बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?