+
+
Shares

मतदान गर्न हिँडेका वृद्धको भीरबाट लडेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १९:०३

४ मंसिर, मुगु। मुगु सदरमुकाम गमगढीबाट मतदान गर्न हिँडेका गाउँपालिका-३ का ७५ वर्षीय जोख्या दमाईको लडेर मृत्यु भएको छ।

मतदान गर्न खत्याड गाउँपालिका जाँदै गरेका उनको शनिबार खत्याड गाउँपालिका सेरी भन्ने स्थानमा लडेर मृत्यु भएको उनीसँगै हिँडेका साथी कांग्रेसका निवर्तमान पार्टी सभापति खडकबहादुर शाहीले बताए ।

शाहीका अनुसार मृतक जोख्या दमाइको भीरबाट लडेर मृत्यु भएको हो । दृष्टिविहीन कल्से नेपालीको सारथीका रुपमा विगत १० वर्षदेखि सारथी बन्दै आएका थिए ।

दृस्टीविहिन कल्से नेपाली भने सकुशल रहेका छ्न् । कल्से नेपाली मुगुका दृस्टीविहिन देउडा खेलाडी हुन् । कल्सेलाई हरेक स्थानमा जोख्या दमाईले सारथी बनेर लैजाने गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?