+
+

रोल्पाको थबाङमा २३ प्रतिशत मात्रै मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १९:२९

४ मंसिर, रोल्पा । रोल्पाको थबाङमा न्यून मतदान भएको छ । बेलुका ५ बजेसम्म त्यहाँ करिब २३ प्रतिशत मात्रै मत खसेको बताइएको छ ।

थबाङमा दुई मतदान स्थल रहेका थिए । थबाङ गाउँपालिका-१ मा रहेको जनचक्षु प्रावि मतदानस्थलमा २३० मत खसेको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उक्त मतदानस्थलमा एक हजार ३१४ मतदाता रहेका छन् ।

यसैगरी वडा नम्बर २ थबाङमा रहेको साविक गाविस भवन मतदानस्थलमा ४१९ मत खसेको छ । उक्त मतदानस्थलमा एक हजार ५७७ मतदाता रहेका छन् ।

थबाङमा हवाई गस्ती

मतदान चलिरहेको बेला थवाङ गाउँमा नेपाली सेनाको हेलिकप्टरबाट हवाई गस्ती गरिएको थियो । आकाशमा हेलिकप्टरले पटकपटक फन्को मारेपछि स्थानीयहरु त्रसित भएका थिए ।

रोल्पाका उत्तर, पूर्व र पश्चिमका केही मतदान केन्द्रमा विप्लव नेकपाले मतदातालाई भोट हाल्न अवरोध गरेको सूचना पाएपछि हवाई गस्ती गरिएको जिल्ला सुरक्षा स्रोतले जनाएको छ ।

जिल्लाको गंगादेव गाउँपालिका, थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा सेनाले हवाई गस्ती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?