+
+

कास्की क्षेत्र नं. २ को मतगणना जारी, रास्वपा अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते ७:१२

५ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को मतगणना जारी छ । प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल अगाडि छन् ।

मतगणना पोखरा-१५ कोलपाटको मतपेटिकाबाट सुरु गरिएको थियो । प्रतिनिधि सभाको ४ सय मत गणना भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका कडेलले १ सय २३, नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभा २ ‘१’ मा राप्रपाका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५ सय ४१ मत गणना हुँदा उनले १९९ मत प्राप्त गरेका छन् । एमालेका भीम कार्कीले १४५, नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले १०५ मत पाएका छन् ।

कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना पनि सुरु गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?