+
+

मुस्ताङमा कांग्रेसको अग्रता, एमाले दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:०८

५ मंसिर, मुस्ताङ । मुस्ताङमा नेपाली कांग्रेसले थप अग्रता बढाएको छ । ३ हजार ७७९ मतगणना हुँदा नेपाली कांग्रेस उम्मेदवार योगेश गौचन थकालीले २,०३५ मत प्राप्त गर्दा एमाले उम्मेदवार प्रेमप्रसाद तुलाचनले १,६५७ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन् । बदर मतको संख्या ४० छ ।

सोमबार बिहान ३ बजेर ४५ मिनेटमा सुरु भएको मतगणना अहिले दुई स्थानमा जारी छ । कूल ३९ मतदान केन्द्र मध्ये अहिलेसम्म १९ वटा मतदान केन्द्रको मतगणना सम्पन्न भएको छ ।

अहिलेसम्म लोमान्थाङ, मराङ, चिमाङ, लेते, छोसेर, सौरु, मार्फा, चराङ, फल्याक, ढाक्मर, स्याङ, घाँसा र छोनुपको मतगणना सम्पन्न भएको छ । यस्तै, घमी, छैरो, नेफुक, ठिनी, घिलिङ र साङ्ता मतदान केन्द्रको पनि मतगणना पनि सकिएको छ ।

अब कूल खसेको मतको करिव ३,४५० मत गणना हुन बाँकी छ । मुस्ताङमा १० हजार ९५७ जना मतदाता रहेकोमा ७ हजार २३० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?