+
+

मुस्ताङमा १४ सय मत गन्न बाँकी रहँदा कांग्रेसलाई ६३५ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १०:५४

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले अग्रता कायम राखेका छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ । एमालेका तुलाचन भन्दा कांग्रेसका थकाली ६३५ मतले अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?