+
+

रुपन्देही २ मा एमालेका विष्णु पौडेल दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १६:५७

५ मंसिर, बुटवल । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

३०० मत गणना हुँदा गणेश पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?