+
+

कैलाली-४ मा कांग्रेसका बलायरको अग्रता,  एमालेका भट्ट पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १८:५९

५ मंसिर, धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन् । बलायरलाई नेकपा एमालेका लेखराज भट्टले पछ्याइरहेका छन् ।

निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतका अनुसार एक हजार ३४८ मतको गणना सकिंदा बलायरले ७०३ मतसहित अग्रता लिएका छन् । भट्टले ६०५ मतका साथ उनलाई पछ्याइरहेका छन् । भट्ट नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसका सुदूरपश्चिम प्रदेशका सभापति हुन् ।

डोटीबाट कैलाली झरेर उम्मेदवारी दिएका बलायरलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन गरेका छन् । भट्ट भने एक्लै चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?