+
+

समानुपातिकको प्रारम्भिक नतिजा : माओवादीलाई भन्दा स्वतन्त्र पार्टीलाई बढी मत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २०:४२

५ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनापछि देशभरका मतगणनास्थलमा समानुपातिक प्रणालीतर्फको मतगणना सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार, अघि बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना भएको छ ।

आयोगको विवरण अनुसार, नेपाली कांग्रेस करिव ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि छ भने एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत र माओवादी केन्द्रले १० प्रतिशत हाराहारीमा मत पाएको छ ।

दल प्राप्त मत
नेपाली कांग्रेस ६,२४९
एमाले ५,१८४
राष्ट्रिय स्वतन्त्र पार्टी ३,६४९
माओवादी केन्द्र २,०२१
राप्रपा १,४८१
नेपाल मजदुर किसान पार्टी ५८३
जनमत पार्टी ५५९
जनता समाजवादी पार्टी नेपाल ५१४
एकीकृत समाजवादी १९४
हाम्रो नेपाली पार्टी(लौरो) १६९
अन्य ६५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?