+
+

लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार गुरुङको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २०:४०

५ मंसिर, लमजुङ । लमजुङबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका गुरुङको सोमबार दिउँसो निधन भएको आफन्तले बताएको छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा घर भएका ६८ बर्षीय गुरुङ केही दिनदेखि बिरामी थिए ।

शुक्रबार वान्ता भएपछि बेंसीशहरस्थित जिल्ला अस्पताल लमजुङ लगिएको थियो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने भनेपछि थप उपचारका लागि चितवन लगिएको थियो । सोमबार दिउँसो १ बजेतिर उपचारको क्रममा निधन भएको खबर आएको जनता समाजवादी पार्टीका नेता खेमजङ गुरुङले जानकरी दिए । गुरुङको शव सोमबार नै लमजुङ ल्याइँदैछ ।

उम्मेदवार गुरुङ केही समयदेखि बेंसीशहर नगरपालिका ७ मा बस्दै आएका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् । गुरुङले उम्मेदवारी फिर्ताको समय भन्दा ढिला गरी आफूले सत्ता गठबन्धनको उम्मेदवार माओवादी केन्द्रका देवप्रसाद गुरुङलाई समर्थन गर्ने भन्दै उम्मेदवारी निस्क्रिय पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?