+
+

विश्वकप फुटबलमा सेनेगलमाथि नेदरल्याण्ड्स २-० ले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते २३:५६

५ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा सोमबारको दोस्रो खेलमा नेदरल्याण्ड्सले सेनेगलललाई २-० ले पराजित गरेको छ ।

चोटका कारण स्टार फरवार्ड साडियो माने विश्वकपबाट बाहिरिएपनि सेनेगलले नेदरल्याण्ड्स विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करिब ८५ मिनेट गोल गर्नबाट रोकेको थियो ।

तर ८ वर्षपछि विश्वकपमा फर्केको नेदरल्याण्ड्सले अन्तिम समयमा दुई गोल गर्दै जित निकाल्यो ।

अल थुमामा स्टेडियममा नेदरल्याण्ड्सका लागि कोडी गाक्पोले ८४औं मिनेटमा फ्रेन्की डे जोङको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।

इन्जुरी टाइमको नवौँ मिनेटमा डेभी क्लासेनले नेदरल्याण्ड्सका लागि गोल थपे ।

जितपछि नेदरल्याण्ड्सले समूह ए मा ३ अंक जोडेको छ । यसै समूह अन्तर्गत आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली कतरालाई २-० ले हराएर इक्वेडरले पनि ३ अंक जोडिसकेको छ । कतार र सेनेगल भने अंकविहीन छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?