+
+

सिन्धुपाल्चोक २ (क) माओवादीको अग्रता, एमाले दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:०१

६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) मा बागमती प्रदेशका पूर्व समाजिक विकासमन्त्री युवाराज दुलालले अग्रता लिएका छन् ।

८ हजार ४ सय ५६ मतगणना हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुलालले ४ हजार ५ सय २९ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका अमान सिंह तामाङले २ हजार ८ सय ४४ मत ल्याएका छन् ।

तामाङ २०७४ मा माओवादी केन्द्रबाट चौतारा साँगाचोक गढी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । दुई महिना अघि मात्रै माओवादी त्यागेर उनी एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?