 
																			११ चैत, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको मतगणना सुरू सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि आज बिहानदेखि मत गणना सुरु भएको हो ।
आइतबार कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन समितिका संयोजक मधु आचार्यलाई निर्देशन दिएका थिए । संघको नयाँ नेतृत्व चयन गर्न शनिबार मतदान भएको थियो।
संघको नेतृत्वका लागि माधव चम्लागाई, विकास थापा र कल्पना खड्का उम्मेदवार छन। मत गणना केन्द्रीय कार्यालयमा जारी छ ।
शनिबार सम्पन्न मतदानको गणना आइतबार साँझसम्म सुरु नभएको भन्दै संघका केन्द्रीय प्रतिनिधिहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका थिए। त्यहिबेला कांग्रेस पार्टी कार्यालयभित्र कार्यसम्पादन समितिको बैठक जारी थियो। त्यसपछि बैठकपछि आचार्यलाई सभापति देउवाले मतगणना अघि बढाउन निर्देशन दिएका थिए ।
संघको मतदान प्रक्रिया सुरु गर्न हस्ताक्षर गरेका कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले निर्वाचन समितिले तयार गरेको पत्रमा हस्ताक्षर गरेका थिए। तर, मतदान सकिएपछिको कागजी प्रक्रियामा हस्ताक्षर नगर्दा गणना रोकिएको थियो। श्रेष्ठ कांग्रेसले लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन सम्पन्न गर्न बनाएको निर्देशन समितिका सदस्य हुन।
यस्तै समितिकी अर्की सदस्य सरस्वती बजिमय विदेशमा छिन। निर्वाचनका लागि काग्रेसले केन्द्रीय नेता रहनेगरी निर्देशन समिति बनाएको थियो।
मतदान प्रक्रिया सुरु भैसकेपछि चम्लागाई बाहेका दुई अध्यक्ष थापा र खडका मतदानको विरोधमा उत्रिएका थिए। उनीहरुले कांग्रेस पार्टी कार्यालयमा तोडफोड गर्न थालेपछि प्रहरीले उनीहरुलाई निगरानीमा राखेको थियो।
निर्देशक समितिका सदस्य श्रेष्ठले आफूले निर्वाचन प्रक्रिया अघि बढाउन सहमति दिएर हस्ताक्षर गरेको तर पछि प्रक्रिया गलत भएको भन्दै मतदान सकिएपछि आवश्यक प्रक्रियामा सहभागी नभइ हिँडेका थिए।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4