२३ फागुन, संखुवासभा । संखुवासभामा मतगणनाका सुरु भएको छ । बिहान १२ः१५ बजेदेखि सुरु हुने भनिएको गणना केही समय ढिला सुरु भएको हो ।
जिल्ला समन्वय समितिको हलमा शनिबार दिउँसो १ बजेदेखि गणनाका सुरु गरिएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए । जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा मादी नगरपालिकाबाट मत गणनाका सुरु गरिएको छ ।
भौगोलिक रूपमा दुर्गम तथा विकट मानिएको भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रका मतपेटिका ढिला आइपुगेका कारण मतगणना शनिबार दिउँसोदेखि गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक अस्थायीसहित १६५ मतदान केन्द्र रहेको यस जिल्लाका १२४ मतदान केन्द्रको मतपेटिका पैदल मार्ग र सडक मार्गबाट मतपेटिका गणनास्थलमा ल्याइएको थियो । मत गणनास्थलमा सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्था रहेको छ ।
मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । १०९ मतदानस्थलका १६४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोइरालाले बताए ।
जिल्लामा ३३ हजार एक सय ८० पुरुष र ३० हजार ४ सय महिलासहित ६३ हजार ६ सय ३४ जनाले मतदान गरेका छन् । मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा आवश्यकता अनुसार स्रोत-साधन व्यवस्थापन गरिसकेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मात्र क्षेत्र रहेको यस जिल्लामा एक लाख १९ हजार ६३० मतदाता थिए । प्रतिनिधिसभा सदस्यका लागि १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिक्रिया 4