२२ फागुन, बागलुङ । बागलुङ क्षेत्र नम्बर–१ मा मत गणनामा ढिलाइ भएको छ । आज बिहान अबेर सम्पन्न सर्वदलीय बैठकले बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको थियो ।
मतदानस्थल अनुसार मतगणना गनुपर्ने राजनीतिक दलहरूको माग भएका कारण अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन ।
प्रत्येक मतदानस्थलको अलग–अलग गणना गर्नु पर्ने माग दलका प्रतिनिधिहरूको भए पनि मुख्य निर्वाचन अधिकृत कार्यालय बागलुङकी प्रमुख सीता शर्मा अधिकारीले त्यसमा सहमति जनाएकी छैनन् ।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी प्रतिनिधिले मिसाएर गणनामा सहमति जनाए पनि अन्य दल नेपाली कांग्रेस, एमाले, राजमो लगायतका दलले वडागत मत गणनाको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4