+
+

मधेशका अर्थमन्त्री साहलाई हराउँदै जनमत पार्टीका सिंह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:३२

६ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई प्रदेशसभा सदस्य निर्वाचनमा जनमत पार्टीका नेता सतिशकुमार सिंहसँग पराजित भएका छन् ।

सप्तरी-२ (१) बाट प्रदेशसभामा निर्वाचित सतिशले ८ हजार ४४२ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार मन्त्री साहलाई पराजित गरेका हुन् ।

सिंह १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा साहले ८ हजार २९२ मतमात्र ल्याए । मधेशका हालका अर्थमन्त्री साह आगामी प्रदेशसभामा मुख्यमन्त्रीको दाबेदार थिए । यसअघि सप्तरी-२ (२) बाट पनि जनमत पार्टीका महेश यादव निर्वाचित भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?