+
+

हुम्लाका ३४ मतदान केन्द्रका मतपेटिका संकलन नहुँदा मतगणना ढिला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:४४

६ मंसिर, हुम्ला । हुम्ला जिल्लाका ३४ मतदान केन्द्रबाट मतपेटिका संकलन नहुँदा मतगणना सुरू हुन सकेको छैन ।

प्रदेश सभा २ का २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम सिमकोट पुगे पनि  प्रदेश सभा १ का ३४ मतदान केन्द्रका मतपेटिका नपुगेपछि मतगणना सुरु नभएको हो ।

नाम्खा गाउँपालिका-६ स्थित लिमीका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको थियो ।

२२ मतदान केन्द्रका मतपेटिका गाडी र पैदलमार्गबाट सदरमुकाम ल्याइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

प्रदेश २ का ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टर ल्याउने पहल भइरहेको निमित्त निर्वाचन अधिकारी रानाले बताए ।

दिउँसो दुई बजेबाट मतपेटिका ओसार्न भनिए पनि अहिलेसम्म केही टुंगो देखिएको छैन । ३४ वटा मतदान केन्द्रका मतपेटिका सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्क्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?