+
+

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १६:५५
फाइल तस्वीर

काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् ।

यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् ।

जनमत पार्टीका विनोद कुमार यादव १ हजार ९०३ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?