+
+

गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

रासस रासस
२०७९ मंसिर ६ गते २०:३९

६ मङ्सिर, राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् ।

सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचितन भएका हुन् । जनमत पार्टीबाट उम्मेदवार भएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे । गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार सिंहलाई नेपाली कांग्रेसका अरुण मण्डलले पराजित गरेका थिए । गाउँपालिका अध्यक्षमा पराजित भएपछि उहाँ लोसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले आठ हजार दुई सय ९२ मत पाए । साह मधेस प्रदेश सरकारको अर्थमन्त्री थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?