+
+

जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ७:०३

७ मंसिर, जाजरकोट । जाजरकोट प्रदेश सभा (१) मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् ।

बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।

शाह प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए ।तर, सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन् ।

शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए । शाह यसअघि दोस्रो संविधान सभा सदस्य थिए ।

शाह निर्वाचित भएको प्रदेश (१)मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?