+
+

विजयकुमार शाह बने उत्कृष्ट करदाता, कम्पनीतर्फ सूर्य नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ९:३८

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाता बनेका छन् । जावलाखेल डिस्टिलरीका अध्यक्ष शाह कर दिवस समापनका अवसरमा बुधबार आयोजित कार्यक्रममा सर्वोत्कृष्ट करदाताका रुपमा सम्मानित भएका छन् ।

आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ ।

नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । शिवशक्ति घ्युबाट निर्यात कारोबारबाट धेरै कर तिर्ने कम्पनी बनेको छ । राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ । छिमेक लघुवित्त सहकारी तथा लघुवित्त आयकरदाता र नबिल बैंक तथा वित्तीय संस्थातर्फको ठूलो आयकरदाता ठहर भएको छ ।

बीमा व्यवसायबाट धेरै आयकर दाखिला गर्नेमा नेपाल पुनर्बीमा कम्पनी छ छ भने स्वास्थ्य तथा शिक्षातर्फ धेरै आयकर तिर्नेमा नोबेल मेडिकल कलेज सम्मानित भएको छ ।

पर्यटन व्यवसायमा मनकामना दर्शन, वस्तु व्यापारमा हंसराज हुलाशचन्द प्रालि र चिलिमे हाइड्रोपावरले उर्जामूलक उद्योगको ठूलो आयकरदाता बनेको छ ।

मद्यमस्तरीय करदातामा सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र रेमिटेन्स कम्पनीमा आईएमई लिमिटेड उत्कृष्ट ठहरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?