+
+

बागलुङ-१ बाट चित्रबहादुर केसी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १५:५३

७ मंसिर, पोखरा। बागलुङ-१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

बुधबार अपरान्ह सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् ।

यसै क्षेत्रबाट २०७४ सालमा निर्वाचित सूर्यप्रसाद पाठक भने १८ हजार ८२५ मत ल्याएर पराजित भए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९०३ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?