+
+

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २३:२६

७, कात्तिक अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन  मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

अर्घाखाँचीको फलेपतमा जन्मिएका रायमाझीले २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । २०४३ मा अनेरास्ववियु छैटौंको केन्द्रीय उपाध्यक्ष र २०४४ सालमा अध्यक्ष बनेका उनी २०४८ मा योङ कम्युनिस्ट लिग वाईसीएल, नेपालको संस्थापक अध्यक्ष भए ।

२०४८ मा पार्टीको केन्द्रीय सदस्य बनेका रायमाझी डा. बाबुराम भट्टराईसँगै एकता केन्द्रमा गए । नेकपा माओवादीले सशस्त्रयुद्ध थालेपछि उनी २०५३ मा अखिल भारत प्रवासको इञ्चार्ज बने । २०५५ मा माओवादीको पोलिटब्यूरो सदस्य बनेका उनी २०७० मा पार्टी सचिवमा निर्वाचित भए ।

तत्कालीन माओवादीमा डा. भट्टराई समूहमा रहेका उनी नयाँ शक्तितिर भने गएनन् । त्यसरी बाबुरामको साथ छाडेका उनी २०७२ सालमा केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री बनेका थिए ।

त्यसअघि २०६६ सालमा उनी भौतिक योजना तथा निर्माण मन्त्री, २०६७ मा स्थानीय विकास मन्त्री र २०६८ मा शान्ति तथा पुनर्निर्माण मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?