+
+

कञ्चनपुर–२ बाट कांग्रेसका एनपी साउद निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते २:३०

८ मङ्सिर, कञ्चनपुर । कञ्चनपुर निर्वाचन–२ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउदले २८ हजार १०० मत पाए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत पाए । साउद ६ हजार ४५५ मतान्तरले विजयी भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार झंकरराज जोशीले चार हजार ९३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोकबहादुर सिंहले ३५१० मत पाए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ६४ हजार ७५२ मत खसेको थियो । जसमा चार हजार ९२० मत बदर भएको छ । प्रदेशसभाका दुईवटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा (२) मा कांग्रेसका उम्मेदवार बहादुर सिंह थापाले एमालेका उम्मेदवार कृपाराम रानालाई एक हजार ७२६ मतान्तरले पराजित गरे ।

थापाले १० हजार ६६८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका रानाले आठ हजार ९४२ ल्याए । त्यसैगरी एकीकृत समाजवादीका लालबहादुर खड्काले चार हजार ४०४ मत ल्याए ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यो क्षेत्रमा ५० हजार ८८९ मतदाता रहेकामा ३० हजार ९४५ मत खसेका थिए । जसमा एक हजार ६४१ मत बदर भएको निर्वाचन अधिकृत मोहन जोशीले बताए ।

त्यसैगरी प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का ओमविक्रम भाट निर्वाचित भएका छन् । उनले १० हजार ९२५ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका बचनबहादुर सिंहले १० हजार ४५० मत ल्याए । त्यसैगरी नागरिक उन्मुक्ति पार्टीकी गीता चौधरीले ५ हजार १५२ र राप्रपाका चन्द्रकान्त भण्डारीले ३ हजार ५७ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?