+
+

अन्तिम समयमा रोकियो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १९:५९

२० फागुन, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको छ । सत्ता गठबन्धनमा समस्या देखिएसँगै साउदको फिनल्याण्ड भ्रमण स्थगित भएको हो ।

परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।

‘विशेष परिस्थितिका कारण परराष्ट्रमन्त्री साउदको पूर्वनिर्धारित कार्यक्रमअनुसार हेलसिन्की प्रस्थान गर्न सक्षम हुनुभएन’, परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन साउद आइतबार फिनल्यान्ड जाने तय भएको थियो । मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?